किन राज-कपुरको आर.के.स्टुडियो बेच्न चाहन्छन् : उनका सन्तान ?
बलिउड लाई कपुर खानदानले धेरै स्टारहरु दिएको छ । कपुर खानदानको पनि पहिलो सुपर्स्टार राज कपुरको आर.के.स्टुडियो हिजो आज बेच्ने तयारी भइरहेको छ । यस्तो कुराले फ्यानदेखि बलिउड कलाकारहरु पनि भावुक भएका छन् । किनकी यो स्टूडियोसँग धेरै ब्यक्तीको गहिरो यादहरु जोडिएको छ ।
दुई एकडको यो प्लट ५ सय करोडमा बिक्री हुनसक्ने भारतीय मिडियाले बताएका छन् । यो रकम कपूर परिवारका सदस्यमा बराबर बाँडिने खबर छ ।
रन्धिर कपुरले आफ्ना भाई ऋषि कपुर र छोरी कारीना कपुर खानको साथ मा संयुक्त रुपमा यस आइकोनिक स्टुडियोको बिक्रीको बारेमा जानकारी गराएका थिए । उनिहरु ले भनेका छन्, ‘अब यसको मर्मत गर्नु आर्थिक रुपबाट व्यावहारिक छैन । यसैले कपूर परिवारले यसलाई बेच्ने फैसला लिएको छ । यसैमा रन्धिर थप्छन ‘यो घाटा हाम्रो लागी पैसा को भन्दा पनि भावनाको घाटा हुनेछ’ ।
‘आर .के . स्टूडियोको स्थापना १९४८ मा भएको थियो भने सन् २०१७ को बिशाल आगलागीले उक्त स्टुडियो पुरै धोस्त भएको थियो’। जसका कारण यो स्टुडियो कुनै पनि प्रयोगमा थिएन ।
For More videos Log on to Mazzako TV