भारतको सुपरहिट सिरियल ‘कसौटी जिन्दगीकी’ को दोस्रो सिजन लिएर आउने तयारीमा छिन् चर्चित प्रोड्यूसर एकता कपुर । उनले अहिले यसै सिरियलको प्रचारप्रसार लाई तिब्रता दिएकी छिन् । एकताको प्रमोसन लाई फरक गर्ने सोंच र कदम भने निकै महंगो सावित भएको छ ।

उनले सिरियलको प्रोमोमा चर्चित बलिउड सुपरस्टार शाहरुख खानलाई राख्ने सोच बनाइन् । साथमा सिरियलको न्यारेसन पनि शाहरुख कै भोइस ओभर बाट गराउने योजना बनाइन् र शाहरुखलाई प्रस्ताव राखिन् । शाहरुखले पनि सहजै स्विकार गरे ।

त्यस पछी सुटिङ सुरु भयो । उनिहरुले मित्रताको हिसाबले लिखित सम्झौताबिनै काम सुरु गरे । शाहरुखले जम्माजम्मी १० घन्टा सुटिङ गरे । जब पैसाको कुरा आयो, रकम सुनेर एकता कपुरको होस हवास उड्यो । शाहरुखले ८ करोड रुपैयाँ मागे । तर, बिचरी एकता सँग खुरुखुरु पैसा दिनु को कुनै बिकल्प नै थिएन । उनले चुपचाप शाहरुखले मागेकै रकम दिएकी छन् ।

कसौटी जिन्दगीकी भारतीय सिरियल इन्डस्ट्रीजमा एउटा कोसे ढुङा मानिन्छ । गृहणीहरुमाझ लोकप्रिय बनेको यस सिरियलपछि नै भारतीय टिभी च्यानलहरुमा पारिवारिक सिरियलको बाढी आएको हो ।

For More videos Log on to Mazzako TV