बलिउड अभिनेता ऋतिक रोशनले अभिनेत्री दिशा पटानीलाई फ्लर्ट गरेको खबरले बलिउड तातेको छ ।आफुभन्दा १८ बर्ष जेठा अभिनेताको फ्लर्टबाट दिक्क भएर दिशाले फिल्मनै छाडेको बिभिन्न मिडियाले बताइरहेका छन् । अर्को तर्फ दिशाकै नजिकका ब्यक्तीहरुले भने यस्तो किसिमाको रिपोर्ट निकै हस्यस्पद रहेको बताएका छन् ।

यो समाचार बाहिर आएपछि ऋतिक भने आक्रोसित भएका छन् । उनले यस्तो खबर छाप्पने सम्वन्धित अनलाइनहरुको स्क्रिनसट सेयर गर्दै समाचारको खन्डन गरेका छन् । अभिनेत्री दिशाले पनि आफ्नो ऋतिकसँग कुनै फिल्ममा सहकार्य नभएको दावी गरेकी छन् । ‘मैले उहाँलाई एक पटक मात्र भेटेकी छु । मेरो नजरमा उहाँ एक भलाद्मी व्यक्ति हुनुहुन्छ,’ दिशाले भनेकी छन् ।

पत्नी सुजैनसित डिभोर्स गरेपछि ऋतिक अहिले सिंगल छन् । यसै कारण पनि ऋतिक लाई बिभिन्न एक्टृस सँग नाम जोडिदै आएको छ । अर्कोतर्फ दिशा लामो समयदेखि एक्टर टाइगर श्राफसँग मायाँमा छिन् ।

ऋतिक  र टाइगर डान्स–एक्सन फिल्ममा एकै साथ पहिलो पटक सँगै देखिदै छन् । एस.राज फिल्म्स को ब्यानरमा बन्ने उक्त फिल्मको टाईटल भने अहिलेसम्म खुलाईएको छैन ।

For More videos Log on to Mazzako TV