आमिरको ड्रीम प्रोजेक्ट ‘माहाभारत’मा प्रभासको मुख्य भूमिका
आमिर खानले आफ्नो ड्रीम प्रोजेक्ट ‘महाभारत’ को लागी रिलायंस इंटरटेनमेंट सँग हात मिलाएका छन् । यस फिल्मको लागी उनलाई एक हजार करोड़को बजेट मिलेको छ भने चलचित्रलाई उनले ३ भागमा बनाउने छन् ।रिलायंस इंडस्ट्रीजका मालिका मुकेश अंबानी स्वंयम यस प्रोजेक्ट्मा इक्छुक भएको हुनाले मुकेश नै महाभारत को प्रोड्यूसर हुने बताइएको छ ।

यसै सिलसिलामा आमिर खानले कास्टिंग समेत सुरु गरिसकेका छन् । सुन्नमा आएको छ कि उनले ‘बाहुबली’ एक्टर प्रभासलाई प्रस्ताब गरेका छन् । उनी चाहन्छन् कि यस प्रोजेक्टलाई पनि ‘बाहुबली’ फिल्म डायरेक्टर एस. एस. राजामौली ले नै निर्देशन गरुन । राजामौलीले पनि महाभारत मा बेस्ट भएको फिल्म बनाउने इच्छा बताउंदै आएका थिए ।
सुन्नमा आए अनुसार यस बिगा बजेट फिल्ममा दीपिका पादुकोण ‘द्रौपदी’ को रोलमा हुने छिन् भने आमिर स्वंयम ‘कृष्ण’ को रोल प्ले गर्ने चर्चा छ । आमिर खानले ‘ठग्स ऑफ हिन्दोस्तांन’ को सुटिङ पछी ‘महाभारत’ को काम सुरु गर्ने छन् ।
For More videos Log on to Mazzako TV







