बलिउड अभिनेता अर्जुन कपुर नेपालमा किन ?
बलिउड अभिनेता अर्जुन कपुर नेपाल आइपुगेका छन् । उनी बलिउड फिल्म ‘इण्डियाज् मोस्ट वान्टेट’ को सुटिङको लागी नेपाल आइपुगेका हुन् । सोमबार राजधानी आइपुग्न साथ पोखरामा रहेको सुटिङका लागि उनि पोखरा पुगेका हुन् । उक्त फिल्ममा एक प्रहरी अफिरको भूमिकामा उनि देखिन्दैछन् ।
राजकुमार गुप्ता फिल्मका ‘इण्डियाज् मोस्ट वान्टेट’ निर्देशक हुन् । नेपालको पोखरा र दिल्लीमा छायांकन हुने यो फिल्मकोे दिल्लीको सुटिङ सकेपछि फिल्म यूनिट नेपाल आएको बताइएको छ । फिल्मको नेपाल तर्फको सुटिङ सेड्युल कति दिनको रहने छ ? अभिनेता अर्जुन कति दिन नेपाल रहनेछन् ? केहि बताइएको छैन् ।