कंगना, ऋतिक र इमरान एकसाथ गणतन्त्र दिवसमा
इमरान हासमीको नयाँ फिल्म ‘चीट इन्डिया’ को पोस्टर रिलिज भएको छ । उक्त फिल्म गणतन्त्र दिवसको अवशरमा रिलिज हुनेछ । यो फिल्मसंगै कंगना रनौतको ‘मणिकर्णिका’ र ऋतिक रोशनको ‘सुपर ३०’ रिलीज हुनेछन् ।
आउँदो वर्षको २५ जनवरी अर्थात गणतन्त्र दिबसको अवसरमा बलिउडका चर्चित कलाकारका फिल्म एकसाथ आउँन लागेका हुन् । ऋतिक रोशन र कंगना रनौतको फिल्म एकसाथ आउँन लागेको अबस्थामा इमरान हासमीको फिल्म ‘चीट इन्डिया’ पनि यसै डेटमा आउँने पक्का भएको हो ।
इमरानले सामाजी संजाल मार्फत पोस्टर सेयर गर्दै फिल्म यहि डेटमा आउँने पक्का गरेका हुन् । यो फिल्म आफ्नो करियरकै महत्वपुर्ण फिल्म रहेको इमरानले भारतिय संचार माध्यमलाई बताउँदै आएका छन् । कंगनाको ‘मणिकर्णिका’ र ऋतिककी ‘सुपर ३०’ फिल्म बायोग्राफी फिल्म हुन् ।
For More videos Log on to Mazzako TV