इन्टर्नेट अहिले यती ससक्त भएको छ कि, यस्को प्रयोगले कसैको नाम त कसैको बदनाम राता रात हेर फेर गर्दिन सक्छ । उदाहरण हेर्न धेरैपर जानै पर्दैन, अशोक दर्जी अहिलेका ससक्त इन्टर्नेट सेन्सेसन हुन् । हिजो आज सामाजिक सञ्जालको लागि ट्रोल र मिमले पनि राम्रै मनोरन्जनको भाग ओगटेको छ ।
अहिले एक नेपाली यस्तै मिमको कारण चर्चामा छन् ।

किरण श्रेष्ठ नामका ब्यक्तीले बनाएको मिममा बलिउड नायिका अनुष्का शर्मा कुनै बेलाको चर्चित भिडियो गेम सुपर मारियोको ठाउँमा थुचुक्क बसेकी छिन् । अनुस्कालाई यसमा गेममा मारियो बनाइएको छ । यो मिम अनुष्का शर्मा र बरुण धवन को आगामी फिल्म ‘सुई धागा’ को एक दृश्यबाट राखिएको हो । यसलाई चलचित्रका निर्देशक शरद कटरियाले सेयर गरेपछी झनै र्चचा पाएको हो । शरद ले रोक्नै सकेन भन्दै यो मिम सेयर गरेका छन् । त्यस्तै बरुन धवन लगायत अन्यले पनि निकै मज्जाको भन्दै उक्त मिम को प्रसंसा गरेका छन् ।

अनुष्काको फन्नि दृस्यलाई राखिएको यस्तै मिमको कारणले गर्दा फिल्मको राम्रो र्चचा भैइरहेको धेरैको अनुमान छ । नेपाली युवाले बनाएको यो मिम अहिले भारतीय फिल्म जगत र इन्टरनेटमा भाइरल भएको छ ।

यी नेपाली मिम कृएटरले बनाएको अर्को मिम बिस्वकप को बेला पनि चर्चित थियो । त्यो मिम फिफा एक्स्प्रेस नाम को थियो । त्यसमा दिपिका पादुकोन, र अन्य कलालारलाई शाहरुख खानले रेल चढ्न हात दिदै गरेको दृस्य छ । शाहरुख लाई जर्मन, दिपिका लाई अर्जेन्टिना र अरु कलाकार लाई क्रमशः पोर्चुगल, स्पेन, ब्राजिल मान्दै हारेर घर फर्केको दृष्य मज्जाको पारामा देखाइएको छ ।

 

For More videos Log on to Mazzako TV