मानस राजलाई इण्डियन म्युजिक कम्पनिकद्वारा २० लाखमा अनुबन्धित
पछिल्लो समय ’भाइरल भइदियो’ गीत मार्फत चर्चामा आएका गायक मानस राजलाई इण्डियन म्युजिक कम्पनि विंग्स इन्टरटेन्मेन्टले २० लाख रुपैयामा एक एल्बमका लागि साइन गराएको छ ।कम्पनिका चेयरम्यान प्रकाश रोहराले गायक मानससँग लिखित सम्झौता गरिसकेका छन् भने एल्बममा समावेश हुने चार गीतको काम लगभग फाइनल भईसकेको छ भने चार गीतको काम अझै बाकी छ । फेरी टेल्स नामक युट्युब च्यानललाई ६१ भाषामा संचालन गरिरहेका प्रकाशले नेपालमा गीतसंगीतको बढ्दो लोकप्रियता देखेर नै आफ्नो रुची बढेको बताएका छन् ।

पछिल्लो समय नेपाली गीतसंगीतले युट्युबमा सहजै करोड भ्युज क्रस गर्न थालेपछि आफ्नो टीम लगानीको लागि इच्छुक भएको प्रकासले बताए । एल्बममा रोमान्टिक गीतहरु हुने मानसले बताएका छन् । केहि गीतको भिडियो पनि छिटै नै छायाँकन गरिनेछ भने आउदो अगस्टमा एल्बम लन्च गर्ने तयारी रहेको छ ।
विंग्स इन्टरटेन्मेन्टले चर्चित गायकहरु उदित नारायण झा , कुमार सानु , साधना सरगम , पुर्णिमा , बाबुल सुप्रियो , विपिन सचदेव , अमित कुमार , सुख्विंदर सिंह जस्ता गयाकको एल्बम बजारमा ल्याइसकेको छ । उदितका एल्बमहरु लभ यु र लभ इज लाइफ , कुमार सानुको कहना तो है , साधनाको कोइ तोह बात है , पुर्णिमाको दिल बोले पिया पिया लगायतका एल्बम तथा गीतलाई विंग्सले नै बजारमा ल्याएको थियो । बलिउड अभिनेता शाहिद कपूरले चार म्युजिक भिडियो गरेका छन् , जस मध्य तीन विंग्सकै रहेको थियो ।

साथै केहि धार्मिक भजनको एल्बम पनि यसले बजारमा ल्याएको छ । जसमा सुरेश वाडकर , अनुप जलोटा , अनुराधा पौडवाल , मनहर उदास , साधना सरगम , नितिन मुकेश लगायतले स्वर दिएका छन् । यसलाई विंग्सकै धार्मिक च्यानल भजन इन्डिया र साइ आशिर्वादमा हेर्न सकिन्छ । साथै यस कम्पनि मार्फत बलिउडका हिट फिल्महरु दोस्ती , टार्जन द वन्डरफुल कार , आउट अफ कन्ट्रोल , जिना सिर्फ मेरे लिए , अन्दाज , मेरे जीवन साथि लगायतका फिल्मको गीत पनि सार्वजनिक भइसकेका छन् , जसलाई दर्शक तथा श्रोताले निकै रुचाएका थिए ।

सानै देखि लेखनमा रुची रहेका मानस पछिल्लो समय भाइरल गायक रुपमा परिचित छन् । उनले आफ्नो यात्रा त गायकको रुपमा सुरुवात गर्न खोजेका थिए तर पहिलो गीत नै असफल भएपछी उनि रचनाकारको रुपमा अगाडी आए । उनले गरेका पचास बढि गीतहरुमा मोहन भुसाल, सनुप पौडेल, हेमन्त राना, काली प्रसाद बास्कोटा, अल्मोडा राना लगायतले स्वर दिईसकेका छन् । उनको रचना रहेको फिल्म रेशम फिलिलीमा समावेश ’पिरतीको छाता’ र फिल्म डायरीमा समावेश ’माया भन्ने चिज’ मा भने शब्द र संगीत रहेको छ , जसलाई दर्शक तथा श्रोताले रुचाएका थिए ।
तर उनलाई परिचित भने ’भाइरल भइदियो’ ले गरायो । आफु लिखित गीत ’पिरतीको छाता’ भाइरल भैरहदा उनलाई त्यो शब्द फुर्यो र त्यसमै गीत बनाए । त्यसपछी नेपाली गीतसंगीतका पारखी माझ परिचित मानस अब भने विंग्सको काममा व्यस्त छन् । मानसले रचना मानसले रंगमञ्चमा दश वटा नाटकमा अभिनय समेत गरेका छन् ।
For More videos Log on to Mazzako TV








