अशोक दर्जीको गीत छोटो समयमा ट्रेण्डिङको पहिलो नम्बरमा
बुधबार सार्वजनिक भएको अशोक दर्जीको पहिलो अफिसियल ‘मन बीनाको धन ठुलो कि धन बीनाको मन’ बोलको गीत केहि घण्टामा ट्रेण्डिङका नम्बर वानमा आएको छ । बुधबार दिउँसो १ बजे युट्युब मार्फत सार्वजनिक गरिएको भिडियोलाई यो समाचार तयार पार्दा सम्ममा ९ लाख १० हजार भन्दा बढी पटक हेरिएको छ ।

पहिलो लय संगीतकार टंक बुढाथोकीले सिकाउँदै देखिन्छन् भने अशोकले उनलाई ‘फलो’ गरेका छन् । गीतको शब्द बि राज नेपालको हो । शब्दमा बुढाथोकीले सुमधुर संगीत भरेका छन् । भिडियोमा क्यामेरा भुपेन्द्र तुम्वाहङ्गेले चलाएका छन् । मिक्सिङ तथा एरेञ्जको काम बुढाथोकीले नै गरेका छन् । सम्पादन तथा निर्देशन पनि बुढाथोकीको नै छ ।
For More videos Log on to Mazzako TV








