मोडल दीपशिखा खड्का भन्ने वित्तिकै धेरैले संझन्छन्, शुक्रबार साप्ताहिकमा हट फोटोसुट गराउने यूवती । जसले, पारदर्शी पहिरनमा फोटोसुट गराएर आफ्नो जवानी छरपष्ट पारेकी थिइन् । उनै, दीपशिखा अहिले फिल्म ‘प्रेमलिला’ को निर्माण र अभिनयमा लागिरहेकी छिन् । जनक पाण्डेलाई फिल्म निर्देशनको जिम्मा दिएर दीपशिखाले अली खानलाई आफ्नो जोडी बनाएकी छिन् ।

अली खानको नाम यसअगाडि नसुनिएपनि बलिउडबाट ल्याइएको भन्दै चर्चा गरिएको छ । यो फिल्मका लागि दीपशिखाले कपाल मुडुलो बनाएकी छिन् । हट अभिनेत्री मुडुलो कपालमा किन होला ? यस बिषयमा दीपशिखा अहिले नै केही बताउन चाहनन् । तर, फिल्मको कथाले मागेपछि आफूले यस्तो अवतार बनाएको उनको भनाई छ ।

फिल्मको एक गीतमा भने अली र दीपशिखा रोमान्टिक देखिएकी छिन् । लामो समयसम्म पर्दा भन्दा टाढा रहेकी दीपशिखाको यो फिल्मले उनलाई कस्तो हाइप देला ?

For More videos Log on to Mazzako TV