प्रियंकाको बिहे ? कहिले ???
बलिउड ट्रन्स हलिउड डिभा प्रियंका चोपडाले के बिहे गर्न लागेकी हुन् ? उनले भर्खरै सामाजिक सञ्जालमा पोष्ट गरेको उनको तस्वीरलाई लिएर यतिबेला बिभिन्न अड्कलबाजी गर्न थालिएको छ । आसाम टुरिजमको प्रवद्धनका लागि हालसालै अमेरिकादेखि भारत आएकी नायिका प्रियंका चोपडाले आसामको यात्रामा हातमा लगाएको अनौठो ब्रासलेटले यो अड्कल काटिएको हो ।
उनको यो तस्वीरमा, हातमा देखिएको ब्रासलेट मंगलशुत्र रहेको र उनलाई मंगलशुत्र लगाउने चाहना बढ्नुले पनि उनी बिहे गर्न लागेकी हुन् भनी मिडियाले गसिपिङ् शुरु गरेका छन् । हुन त प्रियंका आफ्नो विवाहको बारेमा सधै नै चुप छिन् । उनले एक पटक भनेकी थिईन्, ‘जब मेरो औंलामा औंठी हुनेछ, तब संसारले नै थाहा पाँउनेछ’ । उनले विवाह गरेर धेरै सन्तान जन्माउने चाहना रहेको भनेर पनि कुनै बेला अन्तरवार्तामा भनेकी थिईन् ।
के अब उनलाई विवाह अनि सन्तान जन्माउने चाहना बढेको हो ? त्यो भने उनलाई नै थाहा होला । प्रियंका अमेरिकन सिरिज ‘क्वान्टिको’को तस्रो श्रंखलामा समेत काम गरिरहेकी छिन् । उनी सलमान खान सँग चलचित्र ‘भारत’मा पनि देखिनेछिन्, जुन सिनेमा २०१९ को इदमा रिलिज हुनेछ ।
For More videos Log on to Mazzako TV