फिल्म ‘प्रेमबाणी’ को निर्माण हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रेमकथामा बन्ने फिल्मको जानकारी दिइयो । सुशिल शाहीको लगानीमा बन्ने यो फिल्ममा रिभान मल्लको निर्देशन रहने पक्का छ । फिल्मको छायांकन यहि महिनाको २० गतेबाट सुरु हुनेछ ।


फिल्ममा मिथुन हमाल, आरोही सिंह, सुशिल शाही, सन्तोष आचार्य, रोशन बीसी मुख्य कलाकारको रुपमा छन् । यो फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, विनोद सापकोटाको छायांकन, बाबुल गिरी र आशिक श्रेष्ठको संगीत, आयुष बीसीको कथा रहने पत्रकार सम्मेलनमा बताइयो ।

For More videos Log on to Mazzako TV