नेपाली सङ्गीत बजारकी चर्चित गायिका दुर्गा खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिलकुलै फरक शैलीको ‘भेटेरै सुन्नुछ’ बालेको गीत सुन्दा मज्जा लाग्छ, नै अझ दुर्गाको बोल्ड अवतार हेर्न लायक छ । अमृत रेगीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा गायिका दुर्गा खरेललाई फिरोज बस्नेतले स्वरमा साथ दिएका छन् ।


गीतको भिडीयोमा अभिनेत्री प्रियंका काकी र मोडल पवन शर्मा अभिनयले अझै भिडियोमा रौनक थपेको छ । लोकेसन र कोरसल गर्दा पनि भिडियो हेर्न लायक छ । चर्चित सम्पादक निसान घिमिरेले भिडियोको निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । नृत्य निर्देशन सुरेन्द्र बसेलले गरेका हुन् ।

For More videos Log on to Mazzako TV