‘रेश ३’ सुटिङ्ग गर्दा ज्याक्लिन घाईते
बलिउड नायिका ज्याकलिन फर्नान्डेज ‘रेश ३’ सुटिङ्गका क्रममा घाईते भएकी छिन् । गत हप्तादेखि अबुदाबीमा भईरहेको ‘रेश ३’ को सुटिङ्गमा यतिबेला फाईटका डरलाग्दा सिनहरु छायांकन भईरहेको छ । एक्सन सिनहरु गर्नेक्रममा ज्याकलिनको आँखाको किनारमा निकै गहिरो चोट लागेको छ ।
ज्याकलिन घाईते भएपछि सुटिङ्ग पनि स्थगन गर्नु परेको थियो । उनलाई हतार हतार गर्दै अस्पताल पुर्याईयो, यतिबेला उनको अवस्था खतरा मुक्त रहेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । चलचित्रमा मार्सल आर्टको भरपुर प्रयोग भएकाले ज्याकलिनले चलचित्रकै लागि भनेर केही समय एक्सन कोर्ष पनि लिएकी थिईन् ।
‘रेश ३’ मा ज्याकिलनको साथमा सलमान खानले रोमान्स गर्नेछन् । सिनेमामा अनिल कपूर, बबी देओल, सकिब सलिम, डेजी शाहको पनि अभिनय रहेको छ । सिनेमालाई रेमो डिसुजाले निर्देशन गरिरहेका छन् । सलमान खानको बहुप्रतिक्षित यो सिनेमा इदमा रिलिज हुनेछ ।