मिडिया, मोडलिङ्ग र फिल्मलाई ‘शो बिजनेश’ भन्छिन् । यहाँ मानिसहरुले के खान्छन्, के लाउछन् भन्ने कुराले पनि धेरैको ध्यान खिच्ने गरेको हुन्छ । अझ सिनेस्टारहरुले त खाने र लगाउने कुरामा झनै सुक्ष्म बिश्लेषण गर्नुपर्ने देखिन्छ । कुनै इभेन्टमा जाँदा लगाएको लुगा देखि खाएको तरिका सम्म पनि मिडियाले फोकस गरिरहेको हुन्छ । अलिकति मात्रै त्रुटि भयो भने सामाजिक सञ्जालमा ट्रोल र आलोचनाको ओईरो नै लाग्छ ।

बलिउड नायिकाहरुको पनि बेला बेला यस्ता ट्रोल र आलोचनाका समाचार, गसिपहरु मिडियामा आईरहेका हुन्छन् । यसैबीच यतिबेला पुन: कंगना रनावतको ‘ड्रेसिङ्ग सेन्स’ जिरो भएको भन्दै ट्रोलहरु बनाईएको छ ।  हुन त लुगालाई लिएर कंगनालाई उडाईएको यो पहिलो पटक भने होईन । उनको बेला बेला यस्ता आलोचनाहरु हुने गरेका छन् ।

केही दिन अघि कंगनाले आफ्नो अपकमिङ चलचित्र ‘मेन्टल’ को लागी खिचाइएको तस्बिर इन्टाग्राममा पोस्ट गरेकी थिइन् । उक्त तस्बिरमा कंगना बोल्ड देखिएकी छिन् । जसमा उनले नेटको लुगा लगाएकी छिन् । उनको लुगा र पहिरन शैलीलाई लिएर मानिसहरुले आलोचना गरे । कति सामाजिक सञ्जाल प्रयोगकर्ताले कंगनालाई तुच्छ शब्द प्रयोग गर्दै गाली समेत गरेका छन् ।

For More videos Log on to Mazzako TV