बलिउडका ‘भाईजान’ सलमान खानको आगामी चलचित्र ‘रेश ३’ को पोष्टर रिलिज गरिएको छ । सलमानले आफ्नो ट्वीटरमा सिनेमाको पोष्टर सार्वजनिक गर्दै ‘मेरो नाम सिकन्दर’ भनी लेखेका छन् । इदमा रिलिज हुने यो सिनेमालाई लिएर सलमान निकै उत्साहित देखिन्छन् ।

उनले ट्वीटरमा यो हप्ता रेश ३ फेमिलीसँग पनि भेटाउने भनि लेखेका छन् । ‘एक्सन प्याक’ फिल्म ‘रेश ३’ को सार्वजनिक पोष्टरमा सलमानको निकै एरेगेन्ट लुक्स देखिन्छ । सुन्नमा आएअनुसार यो चलचित्रमा सलमान नेगेटिभ भुमिकामा देखा पर्दैछन् ।


‘रेश ३’ मा सलमान खानको साथमा देखिनेछिन् ज्याकलिन फर्नान्डेज । त्यस्तै अन्य कलाकारहरुमा अनिल कपूर, बबी देओल, डेजी शाह लगायत रहेका छन् । चलचित्रमा सोनाक्षीको पनि केमियो रोल हुने बताईएको छ । जुन १५ मा रिलिज हुने चलचित्र ‘रेश ३’ लाई रेमो डिशुजाले निर्देशन गरेका हुन् । यो सिनेमामा संगीत प्रितमको रहेको छ ।

For More videos Log on to Mazzako TV