कपिल र सुनिलबीच फेरि शुरु भयो लफडा
कपिल र सुनिल बीचको झगडा अझै सम्य हुने देखिएको छैन् । यि दुईबीचको झगडा यतिबेला आएर पुन: ट्वीटरमा छताछुल्ल पोखिन थालेको छ । कपिलको नयाँ शो ‘फेमिली टाईम विथ कपिल’मा सुनिललाई बोलाईएको तर उनले कपिललाई भेट्न समेत नचाहेको भन्ने बिषयमा निकै टिका टिप्पणी भईरहेको छ ।

सुनिलले आफुलाई शोको बारेमा कसैले केही पनि नभनेको र कपिलले दर्शकको सहानुभुति प्राप्त गर्न आफुलाई शोमा बोलाएको भनि भनेको बताउँछन् । तर, कपिलका अनुसार उनले सयौं चोटी सुनिललाई सम्पर्क गर्दा पनि भेट्न नचाहेको, उनको घरैमा दुई पटक आफु स्वयं पुगेको, आफ्ना मान्छेहरुलाई पनि धेरै पटक पठाएको ट्वीटरमा लेखेका छन् ।

कपिलका अनुसार आफु सोझो भएकोले सुनिलले आफ्नो नाम बद्नाम गर्न गलत हल्ला फिजाईरहेको पनि ट्वीट गरेका छन् । उनले ‘अब त अति भो’ भन्दै सुनिललाई शोमा नबोलाउने निर्णयमा पुगेको पनि भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

यता, सुनिलपनि आफुले एक बर्षदेखि यो बिषयमा चुप लागेर बसेको तर अब आफु मौन नबस्ने पनि लेखेका छन् । कपिलले तनाबमा आएर धेरै रक्सी पिएको भन्ने यसअघिका खबरहरुलाई आधार मान्दै सुनिलले कपिललाई जवाफ दिएका छन्, ‘किड्नी दुईटा हुन्छ, कलेजो एउटा, आफ्नो स्वस्थ्यको ख्याल राख्नुहोला’ ।


कपिलले उनको नयाँ शोका लगि अजय देवगनलाई लिएर पहिलो एपिसोड सुट पनि गरिसकेका छन् । उनको यो नयाँ शो मार्च २५ बाट अनएयर जाने बताईएको छ ।
For More videos Log on to Mazzako TV







