आँखा झिम्क्याएर भाईरल प्रिया यति महंगी
१८ बर्षिया नायिका प्रिया प्रकास रातारात भाईरल भईन् । प्रियाले मलायलम चलचित्र ‘औरु अधर लभ’मा आँखा झिम्क्याएको सानो अंश सार्वजनिक भएपछि उनलाई नसोचेको चर्चा दिलायो । भारतमा नेश्नल तथा इन्टरनेश्नल क्रश भनेर पनि उनको चर्चा गरियो । उनी यतिबेला सामाजिक सञ्चालमा अत्याधिक सर्च गरिने मध्येकी एक कलाकारमा पर्छिन् ।
नायिका प्रिया प्रकास यतिबेला निकै महंगी पनि भएकी छिन् । बिभिन्न फेसन इन्डोर्स गर्दै गरेकी यि नायिकाले मात्र उनको ट्वीटर बाट कुनै प्रोडक्टको विज्ञापन गरेको ८ लाख लिने गरेको बताईन्छ । तपाई अब आफै अनुमान लगाउन सक्नुहुन्छ उनी चलचित्रमा काम गरेको कति लिन्छिन् होला भन्ने ।
यतिबेला उनी मेनस्ट्रिम बलिउड सिनेमामा डेब्यु गर्ने तयारीमा छिन् । सुन्नमा आएअनुसार उनी रोहित सेट्ठीको सिनेमाबाट बलिउडमा भित्रिदैछिन्
भर्खरै पनि उनले डिभा क्लोथिंगको लागि फोटो सुट गरेकी छिन्, जुन तस्वीरहरुले यतिबेला निकै चर्चा बटुलिईरहेका छन् ।
गुलाबी रंगको गाउनमा सजिएर फोटो सेसन गरेकी प्रियाका यि तस्वीरहरु वूडपेकर फोटोग्राफीले आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेको छ ।
हेर्नुस्, अहिलेकी ‘टक अफ द टाउन’ प्रिया प्रकासका केही तस्वीरहरु :-