सलमान खान ‘रेश ३’ लिएर पुन: बलिउडमा बिग ब्यांग गर्दैछन् । ट्वीटरमा काउन्ट डाउन सहितको मोसन पोष्टर सेयर गर्दै सलमान सिनेमालाई लिएर निकै उत्साहित भएको ब्यक्त गरेका छन् ।

एक्सन प्याक थ्रिलर फिल्म ‘रेश ३’ मा सलमानसँगै नायिका सोनाक्षी सिन्हालाई पनि केमियो रेलमा देख्न पाईनेछ । सोनाक्षीको बिशेष केमियो कस्तो होला ? त्यो भने सिनेमा प्रर्दशनमा आएपछि नै थाहा होला ।

सलमानले सिनेमाको बारेमा ट्वीट गर्दै ‘थ्रि मन्थ टु गो’ भनेर लेखेका छन् । ‘रेश ३’ मा सलमानसँगै ज्याकलिन फर्नान्डेज, अनिल कपूर, बबी देओल, डेजी शाह, शकिब सलिम लगायतको मुख्य भुमिका रहने बताईएको छ । सिनेमालाई रेमो डिसुजाले निर्देशन गर्दैछन् । सिनेमामा प्रितमको म्युजिक सुन्न पाईनेछ ।

 

For More videos Log on to Mazzako TV