बहिनीलाई बलिउडमा ग्रान्ड इन्ट्री गराउन कैटरिना आतुर
कैटरिना कैफ बलिउडकी निकै चहिता कलाकार हुन् । निकै मेहनत गरेर यो स्थान बनाएकी कैटरिना यतिबेला आफ्नी बहिनीलाई बलिउड इन्ट्री गराउन निकै सपोर्ट गरिरहेकी छिन् । कैटरिनाकी बहिनी इजबेल कैफ आफ्नी दिदीले झै बलिउडमा राज गर्ने सोच राखेकी छिन् । त्यही अनुरुप उनले मेहनत गरिरहेको पनि भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।
केही ब्युटी प्रोडक्टहरु, कस्मेटिक ब्रान्डहरुमा मोडलको रुपमा काम गरिरहेकी इजबेलले कैटरिनासँग भर्खरै बिशेष फोटो सुट पनि गराएकी छिन् । दुलहीका पहिरनमा खिचिएका बिशेष फोटोहरुमा कैट र इजबेल निकै खुलेका थिए । पाँच वटा डिफ्रेन्ट ब्राईडल लुकमा फोटो सेसन गरिएको थियो ।
कैट र इजबेलको यो अफिसियल फोटो सुट रहेको थियो । कैटरिना आफ्नी बहिनीलाई स्पटलाईटमा ल्याउन कुनै कसर बाँकी नछाड्ने मनसायमा रहेको बुझिन्छ । अब चाँडै नै इजबेललाई पर्दामा देख्न पाईने समेत हल्ला चल्न थालिईसकेको छ ।
For More videos Log on to Mazzako TV