अब बैशाखमा हुनेछ सलमान खानको नेपाल कन्सर्ट
सुरक्षाको कारण देखाउदै स्थगित गरिएको सलमान खानको नेपालमा हुने भनिएको कन्सर्ट अब बैशाख पहिलो साता हुने बताईएको छ । ओडिसीले आफ्नो फेसबुक पेज मार्फत कन्सर्ट नयाँ बर्ष २०७५ बैशाख पहिलो साता हुने जानकारी गराएको छ ।
बलिउड स्टार सलमान सहित सोनाक्षी सिंहा, कृति सेनन, प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष लगायतको प्रस्तुति रहने बताइएको ‘दबगं टुर’ रोक्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएको थियो ।
आयोजक संस्थाका अनुसार टिकट लिईसकेका दर्शकहरुले पुरानै टिकटबाट बैशाखमा हुने कार्यक्रम हेर्न पाउनेछन् । बैशाखमा सलमानको कार्यक्रम हुने भनिएपनि डेट भने तोकिएको छैन । सलमानसँग सल्लाह गरेर चाँडै डेट फिक्स गर्ने पनि आयोजकले जानकारी गराएको छ ।
For More videos Log on to Mazzako TV