बलिउड अभिनेता ‘दंबग खान’ अर्थात सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित भएको छ । ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गते हुन लागेको ’दबंग टुर’ कार्यक्रम तत्काललाई स्थगित गरेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजकले स्थगित गरेको हो ।

आयोजक ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले तत्कालका लागि सुरक्षाका कारण सलमान नेपाल आउन नसक्ने जानकारी दिएका छन् । उनका अनुसार, अबको चारदेखि पाँच हप्ताको बीचमा फेरि कार्यक्रम आयोजना गरिनेछ ।

For More videos Log on to Mazzako TV