चर्चित गायक रामकृष्ण ढकालले प्रजातन्त्र दिवसको अवसर पारेरे राष्ट्र भावले ओतप्रोत गीत सार्वजनिक गरेका छन् । धेरै श्रोता दर्शकको मन मुटुमा बस्न सफल गायक ढकालको ‘नेपाल आमा’ बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो ।

इन्द्र नारायाण चोङबाङको शब्द तथा टीका भण्डारीको संगीत रहेको राष्ट्रिय गीतमा गायक ढकाल सहित कलाकार उत्तम केसी, जीवन शाही लगायतका कलाकारले अभिनय गरेका छन् । गीतको भिडियोलाई जीवन शाहीले निर्देशन, रामशरण उप्रेतीले छायांकन र अर्जुन पोखरेलले सम्पादन गरेका हुन्।

For More videos Log on to Mazzako TV