झरना र गरीमाले गरे पेरिसमा यस्तो मज्जा (हेर्नुस् फोटो फिचर)

अभिनेत्री झरना थापा र गरीमा पन्तले पेरिसमा केही मज्जाको पल बिताएका छन् । ‘ए मेरो हजुर २’ को प्रदर्शनका लागि पेरिस पुगीकी झरनाले गरीमासँग पेरिसमा रमाइलो गरेकी हुन् । यी दुई अभिनेत्रीले कति रमाइलो गरे भन्ने झरनाले फेसबुकमा पोस्ट गरेका तश्विरबाट प्रष्ट हुन्छ ।

व्यापारी हरि शर्मा थपलियासँग विवाह गरेर बेल्जियममा बस्दै आएकी गरीमा पछिल्लो समय फिल्म क्षेत्र भन्दा टाढा लछिन् ।
यी अभिनेत्रीले नेपाली फिल्म ‘किन लाग्छ माया’ एकसाथ काम गरेका थिए । पेरिसमा गरीमा श्रीमान् हरि शर्मा थपलियासँग पुगेकी थिईन् भने झरना नेपालबाट श्रीमान सुनिल कुमार थापासँग फिल्म प्रदर्शनको लागि पेरिसमा पुगेकी हुन् । झरनाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २’ नेपालमा सुपरहिट भयो । उनि यतिखेर बिभिन्न देशमा फिल्म प्रदर्शन गरिरहेकी हिन् ।









