अनुले ‘पन्चेबाजा’ बजाएपछि बिकासलाई यस्तो पिडा (भिडियो)
गायक कमल ज्ञवालीले नयाँ गीतको भिडियो सार्बजनिक गरेका छन् । लोक शैलीमा आधारित ‘पन्चेबाजा’ बोलको गीतको भिडियो हालै युटुब मार्फत सार्वजनिक भएको हो । सार्बजनिक गीतको भिडियोमा नायिका अनु शाह, मोडल बिकास लामिछाने, यसराज र रबिनाको अभिनय देख्न सकिन्छ । मौलीक पन्चेबाजा र माया प्रेमको बिषयमा तयार पारिएको म्युजिक भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् ।

कमल शब्द, संगीत रहेको गीतमा ज्ञवालीलाई स्वरमा देबी घर्तिको साथ दिएकी छिन् । गीतको एरेन्ज आशिस अबिरालले गरेका हुन् । हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘पन्चेबाजा’ मा भेष नारायण गुरुङले लगानी गरेका छन् । गीतको भिडीयोमा रामेश्वर कार्कीको छायाँकन, रोचक थापाको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
For More videos Log on to Mazzako TV








