मिथिला शर्मा म्युजिक भिडियोमा (फोटो फिचर)

नेपाली फिल्म क्षेत्रकी प्रशिद्ध अभिनेत्री मिथिला शर्माले अभिनय गरेको म्युजिक भिडियोको छायांकन सकिएको छ । उक्त भिडियोको छायांकन पनौति र काठमाण्डौका बिभिन्न स्थानमा गरिएको हो । गायक सन्तोश लामाको स्वर रहेको गीतमा मिथिलाले अभिनय गरेकी हुन् । सुवास हनयन को शब्द रहेको गीतमा राम विश्वले संगीत भरेका हुन् ।अमृत सुनुवारले खिचेको भियोका शुरेन्द्र दियाली निर्देशक हुन् ।

मिथिलाले आमाको भूमिका निभाएकी छिन् भने, रमेश दियाली छोराको भूमिकामा छन् । हाल अमेरिका बस्दै आएका रमेशले यसअघि पनि करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेका थिए । आमा र छोरोको प्रेम भाव बोल्ने भिडियो चाडै बजारमा आउँदै छ ।











