बलिउड चर्चित गायिका मोनालि नेपालमा किन ? (फोटो फिचर)

बलिउडकी चर्चित गायिका मोनालि ठाकुर कन्सर्टमा सहभागी हुन नेपाल आईपुगेकी छन् । भारतीय नेशनल अर्वाड समेत पाएकी मोनालि शुक्रबार दिउँसो १ बजे नेपाल आइपुगेकी हुन् । ९ डिसेम्बर ‘क्लब डेजाभु’ मा हुने कन्सर्टका लागि ‘पर्फेक्ट प्लान इन्टरटेनमेन्ट’ ले मोनालिलाई नेपाल ल्याएको बताइएको हो ।

मोनालिले कन्सर्टमा हिन्दीसँगै नेपाली गीत पनि गाउने प्रेसमिटमा बताईन । तर, कुन नेपाली गीत गाउँने भनेर चै खुलाईनन । साथै, भोलि बिहान नेपालको कुनै चर्चित मन्दिर पनि दर्शन गर्ने बताइन । कुन मन्दिर जाउँ ? भन्दै पत्रकारलाई प्रश्न समेत गरिन् । उनलाई पत्रकारले पशुपति मन्दिर जान साल्लाह दिए ।










