बलिउडका चर्चित अभिनेता निल नितिन मुकेश शुक्रवार काठमाडौं आएका छन् । ३ दिने नेपाल भ्रमण गर्न मुकेश शुक्रवार दिउँसो करीब ४ बजे त्रिभुवन विमानस्थनमा उत्रिएका हुन् । ३ दिने नेपाल बसाइँमा उनीले राजधानी वरिपरी घुम्ने कार्यक्रम रहेको बताइएको छ । ‘क्रिएटो ए टु जेट’ ले शनिवार दरवारमार्गको क्लब देजाभुमा आयोजना गर्न लागेको ‘ब्याटल अफ डिजेस्’ मा सहभागी हुन उनी नेपाल आएका हुन् ।

केही वर्ष अगाडि चर्चित नायक आमिर खान नेपाल आएका थिए । नायक अक्षय कुमार, शाहरुख खान, नायिकाहरु सोनाक्षी सिंहा ,सन्नी लियोनी, सुस्मिता सेन लगायत पनि नेपाल आइसकेका छन् । चाँडै बलिउडका सुपरस्टार सलमान खान पनि नेपाल आउने चर्चा छ ।

मुकेशको गएको महिना मात्र ‘गोलमाल अगेन’ प्रदर्शन भएको थियो । यो फिल्ममा उनले भिलेनको भूमिका निर्वाहा गरेका थिए । निलले सन् २००७ मा ‘जोनी गद्दर’ फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् । उनले ‘जेल’, ‘न्युर्योक’, ‘प्लेयर्स्’, ‘प्रेम रतन धन पायो’ ‘सात खुन माफ’ र ‘तेरा क्या होगा जोनी’ लगायत दजैनौँ फिल्ममा अभिनय गरेका छन् । हाल सम्पादनमा रहेको ‘इन्दु सरकार ड’ मा उनी सञ्जय गान्धीको भूमिकामा देखिँदै छन् ।

For More videos Log on to Mazzako TV