‘टाईगर जिन्दा है’ को प्रर्दशन जति नजिकिदैछ, सलमान कैटरिना त्यति नै सिनेमाको प्रोमोशनमा ब्यस्त छन् । भर्खरै यो जोडीले Vogue मेगेजिनको लागि फोटो सुट गराएका छन् । कैटरिनाको ब्याकलेस ब्ल्याक अपेरलमा सलमानको ब्ल्याक टिसर्टको कम्बोले यि दुईको केमेष्ट्री निकै बोल्ड देखिएको छ।

पाँच बर्ष पछि सँगै सिनेमामा देखिन लागेका यि पुर्व लभ जोडी सलमान र कैटरिना सिनेमालाई लिएर निकै उत्साहित छन् । ‘टाईगर जिन्दा है’ डिसेम्बर २२ बाट संसारभर प्रर्दशनमा आँउदैछ । सिनेमाको गीत र ट्रेलरले ‘टाईगर जिन्दा है’ लाई झनै बहुप्रतिक्षित बनाईदिएको छ ।

 

For More videos Log on to Mazzako TV