बलिउड फिल्म ‘पद्यमावती’ बिभिन्न बिबादले गर्दा प्रदर्शन निश्चित छैन् । डिसेम्बर १ मा रिलिज हुने भनिएता पनि फिल्मको प्रदर्शन मिति अनिश्चित बनेपछि केहि फिल्मले सो मितिमा आफ्नो फिल्म रिलिज गर्न लागेका छन् । अब डिसेम्बर १ केहि फिल्म भिडन्त हुने भएको छ । उक्त मितिमा कमेडिन कपिल शर्मा र बलिउड नायिका सन्नी लियोनी बिच भिडन्त हुने भएको छ । सन्नी लियोनी अभिनित ‘तेरा इन्तजार’ र कपिल शर्माको ‘फिरंगी’ एउटै मितिमा प्रदर्शन हुने भएपछि उनीहरु विच भिडन्त पक्का भएको हो ।

‘तेरा इन्तजार’ मा सन्नीले अरबाज खानसँग रोमान्स गरेकी छिन् । सन्नी लियोनीले हरेक हप्ता केहि चलचित्र रिलिज हुने गरेको भन्दै एउटै मितिमा रिलिज हुँदैमा भिड्छ भन्न नमिल्ने धारणा राखिन् । उनले कपिल शर्मालाई शुभकामना समेत दिइन् ।

For More videos Log on to Mazzako TV