पुरुष पनि यौन दुर्व्यबहारको शिकार भएका छन् –राधिका
बलिउड अभिनेत्री राधिका आप्टेले ‘यौन दुर्व्यबहारको घटना केबल महिलामा सिमित नभएको बताएकी छिन् । पुरुषहरु पनि यौन दुर्व्यबहारको शिकार भएको बोल्ड अभिनेत्री राधिकाको भनाई छ । उनि भन्छिन्, ‘परुषहरु यस बिषयमा बोल्दैनन् ।’

महिलाहरुले आफूमाथि यौन दुर्व्यबहार भएको सार्वजनिक गरे पनि पुरुषहरुले भने महिलाले यौन दुर्व्यबहार गरेको कुरा लुकाउँछन् ।
राधिकाले भनिन् फिल्म क्षेत्रमा केही पुरुषहरु यौन दुर्व्यबहारको शिकार भएको आफूले समेत जानकारी पाएको दावी गर्छिन् । उनले सबैलाई खुलेर कुरा गर्न आग्रह गरिन् ।








