पलकी सपनाकी परी, बनिन् आँचल यसरी (भिडियो)
पछिल्लो समय सर्वाधिक रुचाईएको ‘रिल कपल’ नायक पल शाह तथा नायिका आँचल शर्मा अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । हालै पल र आँचल अभिनित नेपाली पप गीत ‘चिटिक्क’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । सहदेव अर्यालको शब्द रहेको गीतमा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ । एक युवकले कल्पना गरेकी युवतीको कथामालाई भिडियोमा उतारिएको छ ।

मुस्ताङ्गका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् । माईनस १२ डिग्री तापक्रममा यो गीत छायांकन गरिएको थियो । गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन् । भिडियो :
For More videos Log on to Mazzako TV








