बलिउड अभिनेता आमिर खान अभिनित फिल्म ‘सिक्रेट सुपरस्टार’ लाई आफ्नो लगानी उठाउन हम्मे हम्मे परेको छ । गत हप्ता रिलिज भएको फिल्मले अहिलेसम्म ३९ करोड कमाएको छ । दर्शकको नजरमा ‘सिक्रेट सुपरस्टार’ सुपरहिट भएको छ भने बक्स अफिसको रेकर्ड हेर्ने हो भने, ‘गोलमाल अगेन’ का अघि यो फिल्म टिक्न मुस्किल परेको छ ।


अजय देवगनको ‘गोलमाल अगेन’ ले अहिले दैनिक १० करोड माथिको व्यापार गरिरहँदा अमिरको यो फिल्मले भने मुस्किलले २ करोड कमाइरहेको छ । फिल्मले अहिलेसम्म ३७ करोड कमाएको छ भने, ‘गोलमाल अगेन’ले ११६ करोड कमाएको छ । ‘सिक्रेट सुपरस्टार’ ५० करोडको लगानीमा बनाइएको हो ।

For More videos Log on to Mazzako TV