बलिउड नायक सलमान खान तथा उनकी पूर्व प्रेमिका कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर इज ब्याक’ को फस्टलुक सार्वजनिक भएको छ । डिसेम्बर २२ तारिखबाट रिलिज हुन लागेको चलचित्रको फस्टलुकमा सलमान र कट्रिना एक्सन अवतारमा देखिएका छन् ।


नायक सलमान खानले आफ्नो ट्विटरबाट चलचित्रको फस्टलुक सार्वजनिक गरेका हुन् । उनले ‘टाइगर इज ब्याक’ लेख्दै फस्टलुक पोष्ट गरेका हुन् । यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रको फस्टलुकमा सलमान र कट्रिना एक्सन अवतारमा देखिएका छन् । चलचित्र ‘एक था टाइगर’को सिक्वेलको रुपमा निर्माण भएको चलचित्रले बक्स अफिसमा धमाका मच्चाउने धेरैको विश्वास छ ।

 

For More videos Log on to Mazzako TV