बलिउड स्टार आमिर खान र जायरा वसीमको फिल्म ‘सिक्रेट सुपरस्टार’ अर्का अभिनेता अजय देगवनको फिल्म ‘गोलमाल अगेन’ बिजनेशमा कुन अगाडी होला ? तपाईको जिज्ञासा हुन सक्छ । यी दुई फिल्ममा अजय देगवनको ‘गोलमाल अगेन’ बिजनेशमा अगाडी छ ।
१९ अक्टोवर दिपावलीको अवसरमा रिलिज भएको फिल्म ‘सिक्रेट सुपरस्टार’ ले शुरुवाती व्यापार राम्रो गर्न सकेन् । फिल्मले पहिलो दिन ४.९ करोड भारतीय रुपैयाँ व्यापार गर्दा दोस्रो दिन व्यापार दुईगुना हुँदै ९.३० करोड भारतीय रुपैयाँको कारोवार गर्यो । यसैगरि शनिबार फिल्मले ८.६५ करोड भारतीय रुपैयाँको कारोबार गरेको छ । यो सँगै फिल्मको ३ दिनको टोटल कलेक्शन २२.७५ करोड भारतीय रुपैयाँ भएको छ ।

यसैगरि अक्टोवर २० मा रिलिज भएको अजय देगवन अभिनित फिल्म ‘गोलमाल अगेन’ ले दर्शकलाई हसाउन सफल भएको छ । कमेडी फिल्ममा अभिनेता अजय देगवन, जोनी लिभर, अरसद वारसी, परिणीति चोपडाको अभिनयले दर्शकहरु निकै प्रभावित भएका छन् । साथै यस फिल्मले पहिलो दिनमै राम्रो व्यापार गरेको छ ।
‘गोलमाल अगेन’ को पहिलो दिनको कमाई नै ३० करोड भारतीय रुपैयाँ पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको दोस्रो दिनको कमाई करीब २९ करोड भारतीय रुपैयाँ छ । यसरी दुई दिनमा फिल्म ‘गोलमाल अगेन’ ले ५९ करोड भारतीय रुपैयाँ कमाएको छ ।
‘सिक्रेट सुपरस्टार’ ले भने सुरुवाती समयमा राम्रो प्रभाव पार्न नसकेपनि निर्माण पक्ष र शुभचिन्तक अझै आशावादी छन् ।

For More videos Log on to Mazzako TV