‘पिंजडा ब्याक अगेन’ मा निखिल र साराको मज्जाको केमेष्ट्रि (भिडियो)
एक्सन अभिनेता निखिल उप्रेतीको पहिलो फिल्म हो ‘पिंजडा’ । उनै निखिल अभिनित फिल्म ‘पिंजडा ब्याक अगेन’ नामक नयाँ फिल्मको गीत सार्वजनिक प्रदर्शन मिति समेत फाइनल गरिएको छ । राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना गरि ‘कु कु कु’ बोलको गीत सार्वजनिक गर्र्दै माघ ४ गतेलाई प्रदर्शन मिति तय गरिएको हो ।

लोक लयमा आधारित गीतमा राजनराज सिवाकोटीको मौलिक शब्द तथा संगीत रहेको छ । स्वरमा राजनराजलाई अन्जु पन्त साथ दिएकी छिन् । निखिल र सारा सिर्पालीको केमेष्ट्रिलाई कोरियोग्राफर रामजी लामिछाने मज्जाले उतारेका छन् ।

यो जोडी यसअघि फिल्म ’रुद्र’ मा एकसाथ देखिएका थिए । हिमाल केसी निर्देशित फिल्म ‘पिंजडा ब्याक अगेन’ मा ‘पिंजडा’ संग कुनै सम्बन्ध नरहने बताइएको छ ।

फिल्ममा राजनराजसंगै अर्जुन पोख्रेल र बसन्त सापकोटाको संगीत छ । फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र सारासंगै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।
For More videos Log on to Mazzako TV








