बलिउड अभिनेता सलमान खान भारत मात्र नभएर विश्वभर चर्चित छ । सलमानलाई मरिहत्ते गर्ने फ्यान लाखौँ छन् । उनै दबङ् खानलाई बेलायती संसदले सम्मान गरेको छ । सलमानलाई बलिउड फिल्म जगतमा उनले गरेको योगदानका निम्ति ‘ग्लोबल डायभर्सिटी अवार्ड २०१७’ बाट सम्मानित गरिएको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

सलमानलाइ यो सम्मान हाउस अफ कमन्सका अध्यक्ष केथ वीजले गरेका हुन् । सलमान हालै पुगेका छन् । उनी आफ्ना भान्जा आहिलसंग एक कन्सर्टका लागि लण्डन पुगेको बताइएको छ ।

For More videos Log on to Mazzako TV