साम्तेन भुटिया निर्देशित फिल्म ‘साढे ७’ को ट्रेलर रिलिज गर्दै प्रदर्शन मिति तय गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि मंसिर १५ गते लाई प्रदर्शन मिति तय गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । भारतले नेपाल माथि लगाएको नाकाबन्दीको समयमा फोटो पत्रकारको भोगाई तथा दुख पिडा नै फिल्मको बिषय बस्तु रहेको बताइएको छ । फिल्ममा गायक सत्यराज आचार्य मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

सत्यराजसँगै फिल्ममा सुनिल थापा, मेनुका प्रधान, शिशिर वाङदेल, कामेश्वर चौरसिया र सुप्रिया कटुवाल लगायत कलाकारहरुको अभिनय रहेको छ । सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेशदेव पाण्डे, डिजे सन्तोष र निर्देशक भुटियाको संयुक्त लगानीमा ‘साढे ७’ निर्माण भएको हो । फिल्ममा अञ्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलवी टण्डन र विशाल चाम्लिङ सह–निर्माताको रुपमा रहेका छन् । अनिश तामाङको सिनेम्याटोग्राफी रहेको फिल्ममा सत्यस्वरुपको संगीत छ । हेर्नुस् ट्रेलर :

For More videos Log on to Mazzako TV