कुनै समयका उत्याधिक हिट अभिनेता अमिताभ बच्चन र हालका सुपरस्टार सलमान खानलाई एकसाथ हेर्न चाहानेहरुको लागि खुसिको खबर । लामो समयको ग्याप पछि यी अभिनेताहरु एकसाथ काम गर्न लागेका हुन् । कोरियोग्राफरबाट निर्देशक बनेका रेमो डिसूजा निर्देशित फिल्म, ‘रेस ३’ मा यीनीहरु काम गर्दैछन् । अहिले यो फिल्मका लागि अमिताभ फाइनल भएका हुन् भने फिल्मको प्रमुख भूमिकामा सलमान पहिले नै पक्का भइसकेका थिए ।

फिल्ममा नायिका ज्याकलिन फर्नान्डिस रहने छिन् । नौ वर्ष अघि फिल्म ‘गड तुस्सी ग्रेट हो’ मा अमिताभ र सलमानले सँगै अभिनय गरेका थिए । त्यसअघि ‘बागवान’ र ‘बाबुल’ मा पनि उनीहरु सँगै देखिएका थिए । रेस सिरिजको आगामी फिल्म ‘रेस ३’ को सुटिङ अक्टोबरबाट सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV