बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको कपाल मुण्डन भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले आफ्नो कपाल कसैलाई दान दिएको भन्दै सामाजिक सञ्जालमा भाइल बनाइएको बलिउड मिडियाले उल्लेख गरेका छन् । विश्वकै सुन्दर महिलाको सूचीमा अटाएकी ऐश्वर्या कमाल मुण्डन गरिएको तस्विरमा समेत निकै सुन्दर देखिएकी छन् ।


उनको निधारमा टिका र पहेंलो दोसल्ला लगाएको तस्बिर जताततै भाइरल भएको हो । हरेक पल सुन्दर देखिनु नै वास्तविक सुन्दरता हो, भन्दै तस्बिर पोष्ट गरिएको छ । तर उनको यो तस्वीर भने वास्तविक नभएको खबर बाहिर आएको छ । यो उनको पुरानो तस्वीर हो । धेरै पहिलाको तस्वीरलाई सम्पादन गरेर ताक्लु बनाएर सामाजिक सञ्जालमा कसैले पोस्ट गरिदिएको बलिउड मिडियाले लेखेका छन् ।

mazzakoonline

For More videos Log on to Mazzako TV