टप १० धनि अभिनेताको सुचिमा सलमान, शाहरुख र अक्षय
चर्चित पत्रिका फोब्र्सले हरेक वर्ष विश्वका धनि कलाकारको सुचि सार्वजनिक गर्दै आएको छ । यस पटक संसारको सबैभन्दा धेरै कमाइ गर्ने अभिनेताको सुचिमा बलिउडका तीन अभिनेता टप १० भित्र अटाएका छन् । हलिउड अभिनेता मार्क वाह्लबर्ग सूचीको शिर्ष स्थानमा पर्दा बलिउडका तीन अभिनेता शाहरुख खान, सलमान खान र अक्षय कुमारको नाम अटाएको हो । मार्क वाह्लबर्गले अभिनेता ड्वेन जानसनलाई पछि पार्दैै १० करोड ८८ लाख अमेरिकी डलर सहित शिर्ष स्थान लिएका हुन् । ड्वेन भने अहिले दोस्रो स्थानमा पुगेका छन् ।

यता बलिउड अभिनेता शाहरुख बलिउडका अभिनेता मध्ये पहिलो स्थानमा छन् । शाहरुख ६ करोड ८ लाख अमेरिकी डलर कमाई गर्दै फोब्र्सको सूचीको ८ औं स्थानमा छन् । यसैगरि ९ औं स्थानमा परेका अभिनेता सलमान खानको कमाई ५ करोड ९२ लाख अमेरिकी डलर रहेको छ । सूचीको १० औं स्थानमा परेका अक्षय कुमारको कमाई ५ करोड ६८ लाख अमेरिकी डलर रहेको छ ।
For More videos Log on to Mazzako TV







