नेपालको पुर्वी तराईमा लगातारको बर्षा पछि आएको बाढीले सयौंको ज्यान र हजारौंको घरमा क्षति पुर्याएपछि नेपाली कलाकारहरुले बाढीपीडिलाई राहत सहयोग गरेका छन् । यसैबिच भारतको बिहारमा बाढीका कारण सयौंको मृत्यु र घरबार बिहिन भएपछि बलिउड कलाकारहरुले राहतको लागि विभिन्न अभियान संचालन गरेका छन् । बलिउड अभिनेता आमिर खानले बाढीपीडितको राहतको लागि मुख्यमन्त्री राहत कोषमा योगदान गर्न अपिल गरेका छन् । उनले आफ्नो फिल्म ‘सिक्रेट सुपरस्टार’ को प्रोमोशनको क्रममा बाढीपीडितको राहतको लागि यस्तो अपील गरेका हुन् ।

आमिरले प्राकृतिक प्रकोप आफ्नो वसमा नभएको तर त्यसलाई सुधार गर्न आफुले आफ्नो ठाउँबाट योगदान दिन सक्ने बताए । आमिर भन्छन्,‘म हाम्रो देशको सबै नागरिकसँग बिहारको मुख्यमन्त्री विपद राहत कोषमा योगदान गर्न अपील गर्छु, यसले हाम्रो सरकारलाई पनि स्थितिको सुधार गर्न मद्दत पुग्नेछ’ । यसअघि आमिरले ट्वीटबाट एक भिडियो अपलोड गर्दै बाढीपीडितलाई सहयोग गर्न अपिल गरेका थिए ।

For More videos Log on to Mazzako TV