बरुणको दुई बोल्ड अवतारमासंग रोमान्स (भिडियो)
बलिउड नायक बरुण धवनको दोहोरो भूमिका रहेको फिल्म ‘जुड्वा २’ को ट्रेलर सार्वजनिक भएको छ । दबंग खान अर्थात सलमानको दोहोरो भूमिका रहेको फिल्म ‘जुड्वा’ को रिमेकको रुपमा यो फिल्ममा बरुणले अभिनय गरेका हुन् । फिल्मलाई निर्देशक डेविड धवनले निकै रोमाञ्चक पाराले निर्माण गरेका छन् । फिल्म ‘स्टूडेन्ट अफ द इयर’ बाट बलिउडमा प्रवेश गरेका नायक बरुणका आजसम्म कुनै पनि फिल्म असफल भएका छैनन् । यसैले पनि उनलाई बलिउडमा नयाँ स्टारको रुपमा हेरिन्छ ।

फिल्ममा नायिकाद्धय ज्याकलिन फर्नान्डेज र तपसी पन्नुलाई बोल्ड अवतारमा देख्न पाइने छ । कमेडी, एक्सन र रोमान्सको जनरामा बनेको फिल्म सेप्टेम्बर २९ बाट रिलिज हुँदैछ । ट्रेलर :
For More videos Log on to Mazzako TV








