फिल्म ‘पञ्चेबाजा’को निर्माण घोषणा गरिएको छ । काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरियो । यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्नेछन् भने राजेश शाही यसका निर्माता हुन् । निर्माता शाहीले अभिनेता कर्मा र अभिनेत्री जस्मिन श्रेष्ठको प्रेममा अभिनेता सौगात मल्ल खलपात्रको रुपमा देखिने बताए ।
निर्देशक घनश्याम लामिछानेले एउटा गाउँको कथामा फिल्म बन्ने जानकारी दिए । सबैलाइ थाहा भएपनि याद नगरेको एउटा गाउँको कथामा फिल्म बन्नेछ, उनले भने ।
फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, सृजना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

फिल्ममा कालिप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, प्रदिप भारद्धाजको कथा, पटकथा तथा संवाद रहनेछ ।

For More videos Log on to Mazzako TV