ट्वाइलेटका अक्षय कुमार चम्के
फिल्म ‘बाहुवली २’ पछि बलिउड बक्स अफिस कमजर देखियो । यो फिल्म पछि कुनै फिल्मले राम्रो व्यापार गर्न सकेका छैनन् । अमिताभ बच्चन, रणवीर कपुरदेखि साहरुख खान, सलमान खान जस्ता स्टारका चलचित्रले बक्स अफिसमा असफलताको बाटो रोजे । तर, गत शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ट्वाइलेटः एक प्रेम कथा’ ले भने एकाएम राम्रो ब्यापारको शुरुवात गरेका छ ।

फिल्मले ३ दिनमै ५० करोड माथिको व्यापार गरेको छ । शुक्रबार फिल्मले १३.१० करोड, शनिबार १७.१० करोड र आइतबारको बिदाको दिन २१.२५ करोडको व्यापार ग¥यो । ३ दिनमै ५१.४५ करोडको कमाइ गरेको चलचित्र हिट हुनका लागि १२५ करोड कमाउनुपर्ने हुन्छ । मंगलबार पनि भारतमा बिदा परेकाले चलचित्रले बक्स अफिसमा कमालको व्यापार गर्ने अड्कल काटिएको छ । अक्षय कुमार र भूमी पेडकरको मुख्य भूमिका रहेको यो चलचित्रले मनोरञ्जनसँग सामाजिक कथा बोकेको छ ।
For More videos Log on to Mazzako TV







