कुनै समय यस्तो थियो कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ मा बलिउड स्टारहरु फिल्म प्रमोशनका लागि तछाड मछाड गथ्र्याे । कलाकारहरु लाइन नै बस्नु पथ्र्यो । प्राय सबै फिल्मको प्रमोशन उनको शो मा नआई प्रमोशन पग्दैन भन्ने सोच्थे निर्माता निर्देशक । अहिले कपिलका त्यस्ता दिन सकिएको छन । समय फेरिएको छ । सुनिल ग्रोबरसँगको झगडाका कारण कपिलको शोे को टिआरपी लगातार झर्ने क्रम जारी रहेको छ । यसैबिच कपिलले सोनी टीभीसँग एक वर्षको समय थप गर्न सफल भएका छन् । यसरी कपिल कमब्याक गर्ने भए पनि उनिसंग बलिउडका स्टारहरुले दुरी बढाउन सुरु गरेका छन् ।


सधै कपिलको शोमा जाने अक्षय कुमार फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’को प्रमोशनमा गएनन् । यसैगरि शाहरुख खान, सलमान खान र रणवीर कपुरले पनि आफ्नो फिल्मको प्रमोशन गर्न कपिलको शो मा जानलाई चाहेनन् । शाहरुख र अनुष्काको फिल्म ‘जब ह्यारी मेट सेजल’ को प्रमोशन गर्न कपिलको शो रोजेनन् । सलमान खानले पनि आफ्नो फिल्म ‘ट्युबलाइट’को प्रचारमा कपिलको शो मा जान उचित ठानेनन् । रणवीर कपुर र कट्रिना कैफले पनि ‘जग्गा जासुस’को प्रमोशनमा कपिलको शो मा जान उचित सोचेनन् । यसरी हेर्दा कपिलको शोको क्रेज घटेको अनुमान लगाउन सकिन्छ ।

For More videos Log on to Mazzako TV