बलिउड नायिका ऋचालाई पनि स्वाइन फ्लूको संक्रमण
बलिउड नायिका ऋचा चड्डालाई स्वाइन फ्लू भएको खबर छ । अभिनेता आमिर खान र उनकी श्रीमती किरणलाई स्वाइन फ्लूको संक्रमण भएको खबर सेलाउन नपाउँदै ऋचालाई पनि स्वाइन फ्लूको संक्रमण भएको खबर आएको हो । ऋचा अब नयाँ प्रोजेक्ट फिल्म ‘फुकरे रिटर्नस’ मा अउँदैछ । सोमबार उनको फिल्मको ट्रेलरको प्रिभ्यू हुनु थियो तर स्वाइन फ्लूका कारण ऋचा कार्यक्रममा पुग्न सकिनन् ।

उनले सामाजीक संजालमा मास्क लगाएको फोटो सेयर गरेकी छिन् । चाँडै ठिक हुनका लागि डाक्टरले उनलाई मास्क लगाउन सल्लाह दिएको बताइएको छ । भारतको महाराष्ट्रमा स्वाइन फ्लू पूर्ण रुपमा फैलिएको छ ।









