फेरि जान्छन् त जेल संजय दत्त ?
बलिउड अभिनेता संजय दत्तको बिबाद पुनः बढिरहेको देखीदैछ । सन् १९९३ को बम बिस्फोट काण्डमा दिइएको सजय सकिनु अगावै जेलमुक्त गरेकाले भिआइपी व्यवहार दिएको आरोपमा महाराष्ट्र सरकारले दोस्रो पटक अनुसन्धान गर्ने आदेश दिएको छ ।

यदि संजय दत्तले जेलभित्र भीआइपी व्यवहार पाएको कुरा साबित भए उनलाई दोस्रो पटक जेल पठाइनेछ । गत बिहीबार ‘यदि संजय दत्तलाई दिएको सजाय तोडिएको भए उनलाई पुनः जेल पठाउन सरकारलाई कुनै समस्या नरहेको महाराष्ट्र सरकारले जनाएको छन् । योभन्दा पहिले संजयलाई समयपूर्व जेलबाट रिहा गरिएको विरुद्ध अदालतमा पुनर्विचारको लागि निबेदन दर्ता गरिएको थियो जसमा सुनुवाई गर्दै बम्बे हाइकोर्टले राज्य सरकारसँग जवाफ मागेको थियो । संजय दत्तलाई सन् १९९३ को श्रृङ्खलाबद्ध बम बिस्फोटको मुद्दामा पाँच वर्षको जेल सजायँ सुनाइएको थियो ।
For More videos Log on to Mazzako TV







