यौन शोषणमा परेको थिएँ : अक्षय कुमार
बलिउड अभिनेता अक्षय कुमारले हरेक बिषयमा आफुलाई अब्बल प्रमाणित गरेका छन् । हरेक जनराका फिल्मका उत्तिकै अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेता अक्षयले आफ्नो बाल्यकालको एक घटनाले अहिलेपनि डर लाग्ने बताएका छन् । मानव बेचविखन सम्बन्धित एक कार्यक्रममा बोल्दै अक्षयले बाल्यकालमा आफु यौन शोषणमा परेको बताएका छन् । उनले बाल्यकालमा एक लिफ्टम्यानले गलत तरिकाले छुने कोशिश गरेको बताएका थिए । यस बिषयमा उनको परिवार खुल्ला विचारको भएकाले बुवाआमासँग कुरा गरेका थिए । बुवाआमाले छानविन गर्दा उक्त व्यक्ति यस्तै अन्य मुद्दामा समातिएको थाहा पाए ।

अक्षयका अनुसार बालबालिकाको यौन शोषणको घटना झन् बढीरहेकाले यस विषयमा बोल्न र सचेत हुन जरुरी छ ।
For More videos Log on to Mazzako TV







