२५ वर्ष पछि श्रीदेवी र सञ्जय दत्त एकसाथ
२५ वर्ष अघि बलिउड फिल्म ‘गुमराह’ मा एकसाथ काम गरेका श्रीदेवी र सञ्जय दत्तले फेरी एक प्रोजेक्टमा संगै काम गर्ने सम्भावना बढेको छ । निर्देशक अभिषेक वर्मनले आफ्नो आगामी फिल्ममा उनीहरुलाई अभिनय गराउने तयारीमा रहेका छन् । यस फिल्मका लागि आलिया भट्ट, बरुण धवन र सोनाक्षी सिन्हालाई यस अघिनै पक्का गरिसकिएको छ । श्रीदेवीले समेत ६ महिना अगाडि नै यो फिल्म खेल्ने पक्का भएको थियो । सञ्जय दत्तले समेत यस फिल्ममा मुख्य भूमिका निभाउने सम्भावना रहेको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

यो फिल्म करण जौहरका पिता यश जौहरको सपना थियो । फिल्मको कथा भारत–पाकिस्तान विभाजनमा आधारित छ, भने करण जौहरले फिल्मको निर्माण गर्नेछन् ।
For More videos Log on to Mazzako TV







